-
स्वरुपा गुरागाईं
उमेरको खुड्कीला चढ्दै जाँदा,
अनेक प्रश्नले गन्तव्यमा अलमल छु,
पाइलै पिच्छे प्रश्न आउँछन्,
भविष्यमा के बन्छौ, के गर्छाै ?
प्रश्न सोध्नेबाटै उत्तर आउँछ,
पढाइ राम्रो छ, डक्टर बन बिरामीलाई जीवन देउ,
शिक्षक बन, सबैलाई बाटो देखाउ,
इञ्जिनियर बन, विकासको पाटो सम्हाल,
वकिल बन न्यायको लागि लड,
अन्याय, अत्याचारको जरो उखेल,
पत्रकार बन, खबरदारी गर,
हैन यहाँ के छ र ? विदेश जाउँ सेटल होउ ।
यतिमात्रै हो र
अर्थशास्त्री बन, देशको मन्दी हटाउ,
समाजशास्त्री बन, समाज पढ र सद्मार्गमा डो¥याउ,
हैन बरु नेता बन, साराका सारा नेतृत्व गर,
देशको लागी यस्तो नीति बनाउँ,
कसैले कही पनि दुख हण्डर खेप्न नपारोस्,
चिथोमिचो सहन नपरोस्,
सबैले गौरवले उचोँ शिर गरेर भन्न सकुन् “म नेपाली हुँ ।”
तर किन कोही भन्दैनन्,
तिमी असल नागरिक बन,
असहायलाई साहारा दिने,
समाजको हरेक अभावमा सहकर्मी बन्ने,
अन्धविश्वास विरुद्ध आवाज उठाउँने,
विभेद विरुद्ध खबरदारी गर्ने,
देश,इतिहास,माटोमा गौरव गर्ने
असल नागरिक जो म बन्न चाहन्छु ।
स्वरुपा गुरागाईं,
कक्षा ९
सिद्धार्थ मावि हेटौंडा २

