मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सार्वजनिक पद अधिकार प्राप्त गर्ने माध्यम नभई जनताको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।
बागमती प्रदेश लोक सेवा आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले कर्मचारीतन्त्रमा पदको उपमा भन्दा पनि जनताको मनमा बस्ने राष्ट्रसेवकको भावना हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश प्रमुख देवकोटाले लोक सेवा आयोग सार्वजनिक प्रशासनलाई योग्य, सक्षम, निष्पक्ष र उत्तरदायी बनाउने मुख्य संवैधानिक संस्था भएको उहाँको भनाई थियो ।
उहाँले सुशासन र प्रशासनिक क्षमताको प्रमुख आधार नै दक्ष र योग्य जनशक्ति भएकाले योग्यताको कदर गर्दै निष्पक्ष प्रतिस्पर्धाबाट छनोट गर्नु आयोगको अपरिहार्य उत्तरदायित्व भएको स्पष्ट पार्नुभयो । छनोट प्रक्रियामा कुनै पनि प्रकारको पहुँच, दबाब, प्रभाव वा पूर्वाग्रहभन्दा माथि उठेर सीप र योग्यताको कदर गर्ने संस्थागत संस्कार विकास गर्नुपर्नेमा उहाँको जोड थियोे ।
“विश्वमा भइरहेको द्रुत परिवर्तनसँगै सूचना प्रविधिको अधिकतम उपयोग गरी परीक्षा प्रणालीलाई सरल र प्रविधिमैत्री बनाउन आवश्यक छ” देवकोटाले भन्नुभयो । आयोगको अध्यक्ष महेश्वर श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौं– तराई — मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुर महादेवटार सुरुङको बुधबार ‘ब्रैक थ्रु’ गर्नुभएको छ ।
सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । “विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौं उपत्यकालाई तराई÷मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“ यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यस आयोजनाको महत्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन भन्दै यसले राजधानी काठमाडौँ र तराई÷मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
“पर्यटन प्रवद्र्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा गरेको छु, त्यसैले, यो आयोजना निर्माणका लागि कुनै पनि कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु”, उहाँले भन्नुभयो ।
सो कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधान सेनापति अशोकराज सिग्देललगायतको पनि सहभागिता थियो ।



मकवानपुर । हेटौडा-भीमफेदी-काठमाडौँ सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षता बसेको बैठकले हेटौंडा भिमफेदी देउराली हेवी सडक खण्डलाई चौडा गर्ने र आवश्यक सडक पुलको उचित व्यवस्थापन तथा निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।
सवारि दुर्घटना न्युनिकरण्को लागि प्रदेश सरकारले यस्तो पहल थाल्ने निर्णय गरेको हो । अत्यावश्यक स्थानमा तत्का निमार्ण कार्य अगाडी बढाउन निर्देशन सो कार्यका लागि आवश्यक श्रोत व्यवस्थापन भौतिक पूर्वाधार विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयबाट गर्ने र आवश्यक थप बजेटका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको प्रदेश विपद् व्यवस्थापन कोषबाट समेत व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
सवारीको गुणस्तर मापन गर्नका लागि उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई VFTC (Vehicle Fitness Test Center) को स्थापना गर्नका लागि निर्देशन दिने, सोको सन्दर्भमा आवश्यक निर्णयको लागि आगामी प्रदेश मन्त्रिपरषद्को बैठकमा प्रस्ताव सोही मन्त्रालयले पेश गर्न समेत निर्देशन गर्ने निर्णय भएको छ ।
यसैगरी सवारी चालक अनुशासन तथा आचरण पालना सम्बन्धी विषयको नियमनका लागि ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जनस्वास्थ्य कार्यालय, मकवानपुरसंगको समन्वयमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशलाई मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे नगरेको जाँचको दायरा बढाउने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी.ले बताउनुभयो।
सोको लागि आवश्यक सामाग्री (किट) व्यबस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश, हेटौंलाई निर्देशन दिइएको छ।
एकतर्फी सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्गका रूपमा भिमफेदी-कोगटेतर्फ मालबाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सोको सन्दर्भमा रुट पर्मिट तथा पटके अनुमति व्यवस्थापन गर्नका लागि यातायात व्यवस्था कार्यालय, मकवानपुरलाई जिम्मेवारी दिने निर्णय भएको केसीले बताउनु भयो।
सडक सुरक्षाका सन्दर्भमा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सडक सुरक्षा सामाग्री (Road safety equipment) को नियमानुसार आपूर्ति गरी आवश्यक स्थानमा पूर्वाधार विकास गर्न निर्देशन पनि दिइएको छ।
हेटौडा भिमफेदी हुँदै काठमाडौं चल्ने सडकको मकवानपुर जिल्ला अन्तर्गत पर्ने देउरालीको उपयुक्त स्थानमा सम्बन्धित स्थानीय तहसंग समन्वय गरी प्रहरी चौकी व्यवस्थापन गर्न आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयलाई निर्देशन गर्ने र सो चौकीबाट सवारी चेक जाँच गर्ने कार्यको जिम्मेवारी सुरक्षा निकायबाट सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने पहल सुरु गरिने निर्णय गरिएको छ।
सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण हेतु उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मार्फत जनचेतना अभिवृद्धि, अभिमुखीकरणलगायतका रोकथामजन्य र प्रचारप्रसारजन्य आवश्यक कार्यक्रमहरू कार्यान्वयन गर्ने, अन्तर-प्रदेश सडक सुरक्षा व्यवस्थापन समन्वय बैठक मधेस प्रदेश र बागमती प्रदेशबिच आयोजना गर्ने निर्णय भएको उहाँले बताउनु भयो।
विद्युतीय सवारी (EV) गाडीको सन्दर्भमा प्रचलित कानून अनुरूप निर्धारण भएका सिट संख्याको अक्षरस पालना गराउन सोको जाँच गरी नियम विपरित सिट संख्या थप गरिएको पाइएमा कानून अनुसार कारवाही प्रकृया अगाडी बढाउने सम्बन्धी नियमनकारी गतिविधी सञ्चालनका लागि उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ।
उक्त निर्णयका विषयहरूको कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवहरूलाई जिम्मेवार बनाई पाक्षिक रूपमा रिपोर्टिङ गर्न निर्देशन गरिएको छ।
बैठकमा पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी. प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री. एका लाल श्रेष्ठ,प्रदेश सभा सदस्य, पूर्व मन्त्री प्रेमभक्त महर्जन, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष देबराज रोका, मुख्यन्याधिबक्ता शिबराम तिमिल्सिना, मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक बसन्त अधिकारी, निर्देशक, उद्योग, पर्यटन, श्रम तथा यायायत मन्त्रालय उपसचिव हरिहर पोखेललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । करको भार सबैमाथि समान रूपमा पर्नु न्यायोचित नहुने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएकोछ । जसको आर्थिक क्षमता बढी छ, उसले आफ्नो क्षमताअनुसार बढी योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्नु नहुने मुख्यमन्त्री थापाले बताउनु भएको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । “इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई निरुत्साहित गर्ने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अब अन्त्य हुनु पर्दछ” उहाँले भन्नुभयो । कर प्रणालीमा न्याय भएन भने आर्थिक असमानता बढ्न सक्ने, कर प्रणाली न्यायपूर्ण भयो भने यसले सामाजिक न्याय, अवसरको समानता र आर्थिक समावेशीकरणलाई सहयोग गर्ने उहाँको भनाई थियो ।
करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभई न्यायपूर्ण र समावेशी अर्थतन्त्र निर्माण गर्नु रहेको उहाँले बताउनु भयो । ”कर दिवसको नाराको दोस्रो महत्त्वपूर्ण पक्ष हो, सुशासनको सुनिश्चितता, नागरिकले सरकारलाई कर तिर्छन्, तर त्यसको बदलामा उनीहरूले गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, सुरक्षा र सार्वजनिक सेवा प्राप्त गर्ने अपेक्षा राख्छन्” उहाले भन्नुभयो । कर संकलनसँगै करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उहाँको भनाई थियो ।
“हामीले सडक बनेको छ कि छैन भन्ने मात्र होइन, त्यसले नागरिकको जीवन सहज बनायो कि बनाएन भन्ने पनि हेर्नुपर्छ” उहाले भन्नुभयो “अस्पताल निर्माण भयो कि भएन भन्ने मात्र होइन, नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाए कि पाएनन् भन्ने पनि हेर्नुपर्छ।” विद्यालयको भवन बनेको छ कि छैन भन्ने मात्र होइन, विद्यार्थीले गुणस्तरीय शिक्षा पाए कि पाएनन् भन्ने पनि मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनु भयो । सरकारको सफलता कति बजेट खर्च भयो भन्ने आधारमा मात्र मापन हुनुभन्दा सार्वजनिक खर्चबाट नागरिकको जीवनमा कस्तो परिवर्तन आयो भन्ने आधारमा मापन हुनुपर्ने उहाँको धारणा थियोे ।
कर उठाउने सरकारभन्दा करको सदुपयोग गरेर नागरिकको जीवन बदल्ने सरकार बन्नु हाम्रो लक्ष्य हुनुपर्ने थापाले बताउनुभयो । समृद्धिमा नागरिक सहभागिता. समृद्धि सरकारको एकल प्रयासबाट मात्रै सम्भव नहुने थापाको भनाई थियो । किसान, श्रमिक, उद्योगी, व्यवसायी, उद्यमी, शिक्षक, कर्मचारी, युवा र आम नागरिक सबैको योगदान आवश्यक हुने उहाँको भनाई छ ।
किसानले उत्पादन गर्छन्, श्रमिकले श्रम गर्छन्, व्यवसायीले लगानी गर्छन्, उद्यमीले रोजगारी सिर्जना गर्छन् र नागरिकले कर तिरेर सार्वजनिक विकासमा योगदान पुऱ्याउने उल्लेख गर्दै उहाँले भन्नुभयो “नागरिक करदाता मात्र होइनन्, उनीहरू राष्ट्र निर्माणका साझेदार हुन्, हामीले कर तिर्नुलाई बोझका रूपमा होइन, राष्ट्र निर्माणमा आफ्नो हिस्सेदारीका रूपमा बुझ्ने संस्कार विकास गर्नुपर्छ. सरकारले पनि करदातालाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्न सक्नु पर्दछ.।”
कर नागरिकको योगदान भएको उहाँले बताउनु भयो । “सुशासन सरकारको जिम्मेवारी हो र समृद्धि हामी सबैको साझा लक्ष्य हो” उहाँले भन्नुभयो। राजनीतिक अर्थशास्त्रको पनि महत्त्वपूर्ण विषय भएको उहाँले बताउनु भयो। “राज्यले कसबाट कर उठाउँछ, कति उठाउँछ र त्यसबाट प्राप्त स्रोत कसको हितमा खर्च गर्छ भन्ने कुराले समाजको आर्थिक संरचना र राज्यको चरित्र निर्धारण गर्छ” उहाँले भन्नुभयो ।
राजस्व कार्यालय प्रमुख लक्ष्मी पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने तयारीमा आफूहरु लागेको बताउनु भएको छ ।
आज भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिषरमा आयोजना गरेको डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यसको तयारी भइरहेको बताउनुभएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, ‘प्रदेशका १३ जिल्लालाई योगमय जिल्ला बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याएको छ, योग साधना गर्ने पातञ्जल, पतञ्जली, जीवन बिज्ञान सबैलाई के के कुरामा सहयोग आवश्यक छ।’
योगमार्फत स्वस्थकर अभियानको लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । ‘बागमती प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्न तयारीमा छौं, त्यसका लागि तपाईहरु लाग्नुस्’ उहाँले भन्नुभयो ।
प्रदेश सरकार प्रदेशस्तरको योग समिति बनाएको र त्यसलाई व्यबस्थापन गर्न कार्यबिधि बनिरहेको बताउदै उहाँले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गरेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकारले यसवर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौं, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जिवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने छ ।”
उहाँले डोलेश्वरमा किरियापुत्री भवन प्रयोग गरेर योग गर्न थालेको स्मरण गर्दै भन्नुभयो, ‘बागमती प्रदेश सरकारले डोलेश्वर महादेव मन्दिरमा धेरै संरचना बनाएको छ, अब एउटा धर्मशाला बन्न बाँकी छ, त्यसका लागि डिपिआस बन्दै छ, यसवर्ष बागमती प्रदेश सरकारबाट धर्मशाला निर्माणका लागि नौ करोड रुपैयाँको बजेट विनियोजन गरेका छौं, धर्मशाला बनेपछि त्यहाँको हलमा स्थायी रुपमा योग गर्न निकै सहज हुनेछ ।’
भक्तपुर जिल्लाबाट प्रदेश सरकारको नेतृत्व गरिरहदाँ मैले के गर्नु पर्छ ?, योग साधना क्षेत्रमा, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, विकास निर्माणको सन्दर्भमा र अन्य क्षेत्रमा पनि बागमती प्रदेश सरकाले गर्ने कुरामा पछाडि नपरी का मगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफू स्वास्थ्य मन्त्री हुँदा सिपाडोलमा डोलेश्वरबाट पाटी भञ्याड जाने बाटो निर्माणका लागि १६ करोड बजेटको व्यबस्था गरेको स्मरण गर्दै उहाँले यसवर्ष डोलेश्वरबाट आशापुरीसम्म धार्मिक पर्यटन प्रबर्दन गर्नुपर्छ भनेर १४ करोड रुपैयाँको बजेटका व्यबस्था गरि सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।