माधव बिष्ट ‘अनन्त शीतल’
आउनु तिमी पनि मै तिर आउनु ।
एक मुसाफिर बनी मै तिर आउनु ।
घुम्नु हेर्नू मेरो दिलको चारैतिरबाट,
गर्न मायाको थालनी मै तिर आउनु ।
छोराको मुटु उपचार गर्न म एक आमा,
मुटु बेच्दै छू ए धनी मै तिर आउनु ।
बेखबर बुबा घर आउने समाचार आयो,
सँगै मुस्कुराउन जननी मै तिर आउनु ।
छुट्नेहरु छुटेर जाऊ मेरो मुटु नलगेर,
बिछोडको स्वादिष्ट चटनी मै तिर आउनु ।
सरु,सन्ध्या,सानुले नि धोका मात्र दिईन,
माया दिने एक चाँदनी मै तिर आउनु ।
बझाङ

