लक्ष्मी निरौला
स्वरूप फेरि यो दुनियाँ न रङ्गिए हुन्थियो
सत्मार्ग लाई लत्याएर न बङ्गिए हुन्थियो
सत्तासिनको रछ्यानमा बास पाउन्जेल,
वफादार कुत्ता बनि न जङ्गिए हुन्थियो ।
आफु खुसी दिन रात अनि बार बदल्न सक्ने भए
मौसम सङ्गै जिन्दगीको आकार बदल्न सक्ने भए
जाल झेल चुक्ली सङ्गै दुनियाँ लाई रुवाउँदै हिँड,
यदि आफ्नो भाग्य लेक्ने निधार बदल्न सक्ने भए।
शंका माथि उपशंका कल्पनामा गर्नु हुन्न
मन्का कुरा ओकेलेर जताततै छर्नु हुन्न
कमै हुन्छन् जुटाउने धेरै हुन्छन् फुटाउने,
कलुषित भावनाको विश्वासमा पर्नु हुन्न।
जीत खोज्दै हिँड्दै थिएँ तर खात हारको पाएँ।
अचानो भै बाँच्नु पर्दा सधैं चोट धारको पाएँ।
गर्थें अपेक्षा मन् मन्दिरका देउता साक्षी राखी,
तर, हरदम साथ स्वार्थी सरोकारको पाएँ।
खोली बगर उन्कै निम्ति सुस्ताएझै लाग्छ
उन्कै प्रतिक्षामा यो तन नीस्ताएझै लाग्छ
अनायासै नजर बाट उनी विलय हुँदा,
जीवित छँदै जीन्दगी नै अस्ताएझै लाग्छ।
विर्तामोड, झापा

