नहुनेलाई राहतः मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विहीबार मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठनागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न दाताबाट प्राप्त भएको एक सय थान न्यानो पछ्यौरा, तीन सय थान ज्याकेट र चार सय थान कम्बल वितरण गरिएको थियो । राक्सिराङ र कैलाशमा १ सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको थियो ।






