तोरी फुलेर पहेंलपुर
तोरी फुल्दाको दृश्य अत्यन्तै मनमोहक, उज्यालो र रङ्गीन देखिन्छ, जसले गाउँघरको फाँटलाई पहेँलो गलैँचाले ढाकेजस्तै...
शरदकाे मनमाेहक दृश्य
ऐतिहासिक मकवानपुरगढीबाट देखिएकाे हेटौंडा बजार तर्फको मनमाेहक दृश्य । तस्विरः सहीखबर
आहा ! हिमाल
मौसम खुलेसँगै पोखराबाट देखिएकाे माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखला । तस्विरः सहिखबर
फुर्केचौरकाे गोरक्ष ताल, रमणीय पर्यटकीय स्थल
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १८ फुर्केचौरमा रहेकाे गोरक्ष ताल वर्षामा परेको पानीलाई ज...
नुवाकोट दुप्चेश्वर र रसुवाको गोसाइकुण्ड गाउँपालिकामा अवस्थित सूर्य पिक
नुवाकोट दुप्चेश्वर गाउँपालिका र रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुवै भुभागमा पर्ने सुर्य पिक । जुन ५१०० मिटर ह...
मकवानपुरगढी ४ बाट सन्ध्याकालिन समयमा देखिएकाे हेटौंडा
रमणीय तथा सुन्दर हेटौंडा ।
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धि...

मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १८ फुर्केचौरमा रहेकाे गोरक्ष ताल वर्षामा परेको पानीलाई जम्मा गरेर बनाएको ताल हो । वर्षाको पानीलाई जम्मा गरेर हिउँदमा सिँचाइ गर्ने उद्देश्य अनुरूप तालको निर्माण सुरु गरिएको थियो ।
यहाँको पानी ८० मिटर लामो भूमिगत सुरुङको निर्माण गरेर एक ठाउँबाट अर्को ठाउँमा लगि सिचाइ गर्ने गरी बनाइएकाे हाे । पछिल्लो समय सुरुङबाट पानी लगिएकाे छैन । सुरुमा यहाँ सानो खोल्सोबाट पानी बग्ने गरेकामा २०६० सालमा स्थानीयवासीको पहल तथा जिल्ला विकास समितिको सहयोगमा हर्ना फाँटमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बाँध निर्माण गरी पानी जम्मा गरिएपछि यो ताल निर्माण भएको हो ।
२०७० सालमा यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ गोरक्षताल संरक्षण समिति गठन गर्दै यहाँको पर्यटकीय विकासको पहल थालिएको थियो । चारै तर्फबाट सालको जङ्गलले घेरेको यो ठाउँ पछिल्लो समय हेटौंडाकाे रमणीय पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ ।
ताल घुम्न सार्वजनिक विदाकाे दिन नगर तथा आसपासका क्षेत्रबाट मानिसहरुकाे आगमन हुने गरेको स्थानीय ज्वाला पराजुली बताउँछन् । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र नजिकै रहेको गुम्बा डाँडाका कारणले समेत यो क्षेत्रमा अवलोकनकर्ताका लागि आकर्षक केन्द्र बनेकाे छ।
हेटौंडा – सिन्धली – उदयपुर – चतरा जाने मुख्य राजमार्गकाे हुँदै करिब २० किलोमिटर पूर्वमा यो ताल अवस्थित छ । गोरक्षतालको प्रवर्द्धन गर्ने उद्देश्यले गत साउन ३१ गते हिमालयन राइडर्स सोसाइटी हेटौँडाले अभियान सुरु गरेको थियो । पर्यटकीय सम्भावना रहेकाे गोरक्षतालको प्रवर्द्धन गर्न प्रचारप्रसारमा कमी भएकाे स्थानीय परशुराम कार्कीकाे भनाई रहेकाे छ ।


तस्विरः आरपी गुरागाईं/सहीखबर
