रञ्जना पराजुली
१.
हराएर जाला हाँसो माया गर्नेलाई घृणा गर्दा ।
सानो भुलले बोकि नासो माया गर्नेलाई घृणा गर्दा ।
हिरा फल्ने महल रोजी दियो बल्ने झुपडीलाई ,
छोड्दा लाउनु पर्ला पासो माया गर्नेलाई घृणा गर्दा ।
२.
साथी सम्झी खोलेर कुरा मन भित्रका ।
गर्दा कुरा काट्दा रहेछन आफ्नै मित्रका ।
के गर्नु र खै कुरा गरि साध्य छैन तिनका ,
पाउन्जेलका आफ्ना नपाए हुने बिचित्रका ।
३.
छटपटिएको छु म तिम्रो यादमा धेरै रात ।
सम्झिएर तिम्रा ति मिठा मिठा हरेक बात ।
कति रुवाउँछौ अब मर्यो होला रिस तिम्रो ,
आउ फकाउ नगर न पुग्यो अब तितो घात ।
४.
को भन्दा के कम जान्ने रहेछन धेरै यहाँ ।
उक्लन खोज्दा खुट्टो तान्ने रहेछन धेरै यहाँ ।
थाहै नपाइ आफ्नैले पराइ भन्दा झन धेरै ,
भित्र भित्रै छुरा हान्ने रहेछन धेरै यहाँ ।
५.
देवता मानी पुजेको ढुङ्गो फोड्न भन्दिन म ।
संगै हिडिराखेको बाटो मोड्न भन्दिन म ।
बुझी अबुझ बनेर टुक्र्याउछौ मुटु भने ,
बिर्सिएर फेरि नाता जोड्न भन्दिन म ।
इटहरी

