मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको शुक्रबार भएकाे क्षेत्रीय अधिवेशन अन्तरगत प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् ।
निर्वाचन मतगणना परिणाम अनुसार थाहा नगरपालिका उपप्रमुख समेत रहेका गोपालीले ३ सय ६९ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुजन गोपालीले १ सय ३२ मत ल्याएका थिए ।
यसैगरी २ उपसभापतिमा रञ्जन कुमार कठायत र इश्वरी शाही ठकुरी निर्वाचित भएका छन् । यसैगरी २ सचिव पदमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी भएका छन् । सहसचिव पदमा रामशरण गोपाली र सबिता रसाइली विजयी भएका छन् ।

