मकवानपुर । बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा मोहनप्रसाद शर्मा चयन भएका छन् ।शुक्रबार सम्पन्न जिल्ला भेला तथा अधिवेशनले शर्माको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेकाे हो ।
नेकपा एमाले निकट परिषद्काे उपाध्यक्ष घनश्याम घिमिरे र लक्ष्मी गजुरेल,सचिव तुलसी रिजाल,सह-सचिव मन्दिरा थापा र कोषाध्यक्ष गोविन्द प्रसाद चौलागाई सर्वसम्मत चयन भएका छन् । एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य रघुनाथ खुलाल,प्रदेश सदस्य एवं जिल्ला सचिव एकलाल श्रेष्ठ, प्रदेश सदस्य भोजराज ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।

