
हिक्क हिक्क गरी बाटो हेर्ने यी परेली सम्झेर
बारीको मखमली,सयपत्री र बेली ~ सम्झेर
धेरै वर्ष भयो निधार अनि गला नसजाएको
यो तिहारमा त आऊ है दाजु चेली सम्झेर ।
काठमाडौं

गाउँ सहर जताततै झिलीमिली बत्ती बलेको छ
तिहारको रमझम छ खुशीको प्रहर चलेको छ
तिहारको यो रमाइलो बेला,फूलैफूलको छ मेला,
घरघरमा उत्सव छ, मनमा हर्ष र उमङ्ग फलेको छ।

तिहारको सन्देश छर्दै कौवा डुल्या छ
मिठो मिठो खानपाई कुकुर भुल्या छ
गाईको पूजा ,लक्ष्मीपूजा ,भाइटीकालाई
आँगन डिलमा नानाथरी फूल फुल्या छ।
लक्ष्मीपुर इलाम

खुशी लाग्थ्यो एक कल फोन सुन्न पाए त
दाजुभाईको ममता नै उत्कृष्ट चुन्न पाए त
दाजुभाई दिदीबहिनी सबै भेला भई
तिहार आउँदा मखमली फुल उन्न पाए त ।
राम्दी पाल्पा हाल पाेर्चुगल

मखमली फूलको माला , उन्दै हौली बहिनी
दाई आउने मैना दिन , गुन्दै हौली बहिनी
विन्ती छ प्यारी बैनी , मुर्छा परी नरुनु
छुट्टि पाईन खबरमा , सुन्दै हौली बहिनी ।
सिरानचोक ३ गोरखा

सवाल
यसपालीको तिहारमा घर आउने कि कसो
रमाइलो गर्दै देउसी गित गाउने कि कसो
दिदिबहिनीहरु बाटो हेरेर बसेका छ्न
आशिर्वाद सङ्गै सप्तरङ्गी टीका लाउने कि कसो ।
जवाफ
हे मेरी आमा चिन्ता नगर्नु एक दिन अवश्य आउनेछु
साथीभाइ सङ्ग रमाइलो गर्दै देउसी गित गाउनेछु
पीर चिन्ता नगर्नु भनी सम्झाउनु मेरि दिदिबहिनी हरुलाई
अर्को बर्ष आएर आशिर्वाद संगै सप्तरङ्गी टीका लाउनेछु ।

१.
पूर्व क्षितिजमा लाली छर्दै सूर्यको किरण छरिन थाल्यो
तिहारको रमझम सम्झदै खुसीले मन भरिन थाल्यो
सुख शान्ति समृद्धि सबैमा शुभेच्क्षाको कामना गर्दै
ओखर कटुस बिमिरो टीका मालाको जोहो गरिन थाल्यो ।
२.
आउन आइहाल्यो तिहार सम्झिएर रून्छु
खाली हुन लाग्यो यो निधार सम्झिएर रुन्छु
परदेशको जिन्दगी यसरी बिताउन पर्दा
भाइ दिदीसँगको मधुर पियार सम्झिएर रून्छु ।
काठमाडौं हाल मिजौरी अमेरिका

