मकवानपुर । मकवानपुरमा कार्तिक १७ गते बुधबारबाट अन्डर–१९ क्रिकेट खेलाडी छनोट सुरु भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा क्रिकेटका खेलाडी छनोट सुरु गरिएको हो ।
नेपाल क्रिकेट संघले आगामी मंसिर पहिलो साताबाट यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । साेही प्रतियाेगिताकाे लागि प्रदेश छनोटमा सहभागि हुन जिल्ला छनोट सुरु गरिएको बागमती प्रादेशिक क्रिकेट संघले जनाएकाे छ । प्रतियोगिताअघि बागमती प्रदेशका जिल्लाका यू–१९ क्रिकेट टिम बिच प्रतियोगिता भई त्यसबाट पनि खलाडी छनोट भएर बागमती प्रदेश क्रिकेट टिमले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ ।
प्रदशेमा १३ जिल्ला मध्ये हालसम्म ६ जिल्लाकाे क्रिकेट टिम मात्र छनाैटमा आउने भएकाे छ। जिल्ला छनोटमा १९ वर्ष मुनिका ४० जना खेलाडीहरु उपस्थित रहेका छन् । सहभागी खेलाडीहरुबाट प्रदर्शनको आधारमा १४ जना खेलाडी छनोट गरिने भएकाे छ । यस्तै ४ जना बैकल्पिक खेलाडी पनि छनोट हुने छन् ।
खेलडी छनोट कार्यक्रमको उद्धाटनमा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।

