
आँगनको डिलमा सयपत्री फूल फुलेको याद आयो
खेतका आलिमा धानको बाला झुलेको याद आयो
तिहारको बेला खेलिन्थ्यो देउसी साथि-भाई मिलेर
औँसिकोरात झिल्मिली बत्ति सँगै डुलेको याद आयो।
उदयपुर चौ.न.पा.३ बसाहा
हाल दोहा कतार

१.
जतिजति पछि भयो त्यतित्यति नयाँ चलन चल्न थाल्यो
हुनेको घर झिलिमिली हुँदा नहुनेको मन जल्न थाल्यो
तिहार सदियौँदेखि उल्लास ल्याउने चाड भएर पनि
विकृति भित्राउँदै मान्छेले संस्कार रीत छल्न थाल्यो ।
२.
फूलमा जस्तो गुन होओस्
मन बौरिने धुन होओस्
सर्वत्र बहार ल्याउने
तिहार दिव्य जून होओस् ।
बुढानिलकण्ठ, काठमाडाैं

मखमली सयपत्री उन्ने नहुदा खल्लो हुन्छ
आफ्नो मनको कुरो सुन्ने नहुदा खल्लो हुन्छ
तिहारले माइती चेली सम्झना दिलाउछ
सप्तरङ्गीमै सम्बन्ध बुन्ने नहुदा खल्लो हुन्छ ।
हेटौंडा, मकवानपुर

दिपावली पर्वमा खुसी छाओस् सद्भावना
सबैको जीवनमा समृद्धि आओस् चाहाना
धनधान्यकी देवी लक्ष्मीमाताको आगमनले
सम्पूर्ण नेपालीको पीडाहरु भागोस् प्रार्थना ।
काठमाडाै

ओइलिएर मखमली पनि जाने भो खेर तिहारमा
आउन नपाइने भो बहिनी म घर फर्केर तिहारमा
देंउसीभैली भाइटीका रोटेपिङ्ग आँखाभरि सम्झिँदै
बसेछु रित्तो मन रित्तो निधार लिइ रोएर तिहारमा ।
लमजुङ (हाल बेलायत)

