मकवानपुर । प्रेस चौतारी मकवानपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ । चौतारी मकवानपुर शाखाले दिपावली, नेपाल सम्बत र छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हाे ।
पत्रकारहरुमाथि हुने दण्डहिनताको विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गरिएको चियापान कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारहरुले असत्यसँग लड्दै समाजमा दविएका आवाज विहिनहरुको आवाज बन्नु पर्ने बताए । उनले भने ‘नेपालको हरेक आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’
वाणिज्य संघमा एसोसियट तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रेस चौतारी मकवानपुरका सल्लाहाकार, ब्रोड कास्टिङ यसोसियसन (बान) का कार्यवाहक अध्यक्ष उज्जवल चौँलागाईलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा चियापान कार्यक्रममा विशेष अतिथि एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य नविन सिग्देल, एमाले जिल्ला सदस्य ध्रुबप्रसाद चौँलागाई लगायकाे आथित्यता रहेकाे थियाे ।
यसैगरी प्रेस चौतारी नेपालका बागमती प्रदेश सहसंयोजक प्रकाश दाहाल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सस्थापक अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अन्जली थापा लगायकाे उपस्थिति रहेको थियो ।

