पुष्पा नेपाल सुवेदी
ढिकी र जाँतो गर्नु छ मैले जीवनमा ।
धमिलो खोला तर्नु छ मैले जीवनमा ।
रित्तो रित्तो छ जिन्दगीको पाना यो
कुँदेर बुट्टा भर्नु छ मैले जीवनमा ।
खुट्टा तान्दै झार्ने हुन्छन् आफ्ना नै
माथि नपुग्दै झर्नु छ मैले जीवनमा ।
टार्दै बाधा अड्चन मेरी आमाको
सुगन्ध मगमग छर्नु छ मैले जीवनमा ।
छर्छु खुशी हाँसो बन्दै लायक छोरो
जनका पीडा हर्नु छ मैले जीवनमा ।
ईलाम

