मकवानपुर । मकवानपुर उद्योग बाणिज्यसंघकाे मंगलबार नयाँ नेतृत्वकाे लागि सम्पन्न चुनावकाे मत परिणाम आउन थालेकाे छ । जस अनुसार वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी, एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं र उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट निर्वाचित भएका छन् ।
वस्तुगत उपाध्यक्षमा अधिकारीले १८ मतका साथ विजयी भएका हुन्। बस्तुगत तर्फकै उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका छन् । एसोसियट उपाध्यक्षमा विष्णु खनाललाई हराउदै चौलागाई निर्वाचित भएका हुन् । चौलागाईले ६३ मत प्राप्त गर्दा खनालले ५० मत प्राप्त गरेका छन् । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल र राजाराम कार्की र दिपक उप्रेती निर्वाचित भएका छन् ।
यसैगरी उद्योग तर्फको उपाध्यक्षमा रानाभाट ३ सय ७० मतका साथ विजयी भएका छन् । उद्याेग तर्फका उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै रानाभाट निर्वाचित भएका हुन् । श्रेष्ठले ३ सय १९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८ सय ९० मतदाता मध्ये ७ सय ५३ मत खसेको थियो । उद्याेग तर्फ सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।


