नेपाली महिला समाज पोर्चुगलले एक महिने नि:शुल्क ब्युटिसियन तालिम संचालन गर्ने भएको छ ।
पोर्चुगलका नेपाली महिला दिदीबहिनीहरूलाई सीपमूलक प्रदान गरी आत्मनिर्भर गराउने उद्देश्यले समाजले तालिमको आयोजना गर्न लागेको समाजकी अध्यक्ष माया खरेलले जानकारी दिईन । रोजगारीको खोजीमा रहेका पोर्चुगलमा रहेका नेपाली महिलाहरुको लागि उक्त तालिम नोभेम्बर १ तारिख देखि ३१ नोभेम्बरसम्म संचालन हुने अध्यक्ष खरेलले बताईन ।
तालिममा बिशेष गरी सौन्दर्य सम्बन्धी बेसिक कोर्षको साथै Menicure, Pedicure, Threading, Jelino and haircut सम्बन्धी सीपहरू सिकाईने अल्मदामा संचालित लुक्स ब्युटिपार्लरकी प्रोपाईटर निशु खड्काले बताईन ।
यस अघि पनि समाजले लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा १० जना महिलालाई यस्तै खालको सीपमूलक तालिम प्रदान गरिसकेको छ । तालिम लिएका अधिकांश महिलाहरूले सम्बन्धित क्षेत्रबाट सोचे भन्दा राम्रो अवसर र उपलब्धी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।
यसपटक बढीमा १५ देखि २० जनालाई सहभागी गराई सीप सिकाउने लक्ष्य राखेको महिला समाजले पोर्चुगलमा नयाँ आउनु भएका बेरोजगार र सिक्न अति ईच्छुकलाई पहिलो प्राथमिकता प्रदान दिने भएको छ । शान्ती अर्याल अधिकारी पोर्चुगल

