- तुलसी घिमिरे
अब गित गाउने , पालो हजुरको,
मादल बजाउने, सालो हजुरको ।
देखिन्छ मुहार, धपक्कै बलेको
तर मन छ भित्र ,कालो हजुरको।
चिल्लो छ गाडी सुकिलो पोसाक
फर्फर् छ झन्डा टालो हजुरको।
रित्तै छ गाउँ रित्तै छ ठाउँ
भरिपूर्ण देख्छु डालो हजुरको।
सबैथोक हुन्छ हुदैन नभन्ने
यो सब चटक हो जालो हजुरको।

