झरना श्रेष्ठ
१.
दुख पर्दा बिरामी हुँदा एक्लै जिउनु पर्छ भने
तातो चिसो पानी औसधिलाई पिउनुपर्छ भने
केको आफ्नो को पराइ मत्लब भएन मलाई
नकि फाटेको मन आफैले सिउनुपर्छ भने ।
२.
मान्छेहरू प्रेम गर्ने गर्छन् अंग हेरेर
अझैपनी त्यो कालो गोरो रङ्ग हेरेर
जिबनसाथी छान्छन जुनिजुनिलाई
समिक्षामा बानी व्यबहार ढंग हरेर ।
३.
काट्नु कुरा काटेर अगाडी ठीक्क पार्छन्
उठिबासै लाउलान जस्तो दिक्क पार्छन्
कस्तो पावर हो यो छिमेकिको छक्क पर्छु
राम्रो लाउने खाने कुरा त मिलिक्क पार्छन् ।
४.
भबिस्यको चिन्ता छ मनभरी रमाउ कसरी
बाटो छेक्छन परिस्थितिले कमाउ कसरी
मन त नभएको होइन नि हजुर मलाई पनि
आयस्रोत छैन न त छ जागीर जमाउ कसरी ?
५.
तिमीलाई भोली बृद्धाश्रम पुराउने छैन छोरीले
तिम्रा हरेक चाहानालाई कुराउने छैन छोरीले
छोरा बुहारीलाई सम्झेर कति रुन्छौ आमाबुबा
ढुक्क हुनुस रुन छोडनु रुवाउने छैन छोरीले ।
धादिङ

