मकवानपुर । हेटौंडामा मिस मकवानपुर सिजन –३ प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालि एवम् स्पाक्लिङ्ग सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन –३ हुने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । प्रतियोगिता आगामी जेष्ठबाट अडिसन सुरु भई भदौमा ग्राण्ड फिनाले गरिने आयोजकले जनाएको छ ।
मिस मकवानपुर सिजन –३ संयुक्त आयोजनामा हुन लागेको कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका संचालक सुजन श्रेष्ठले जानकारी दिए । पत्रकार सममेलनमा शिक्षाविद् तथा समाजसेवी पुरन बहादुर जोशीले मिस मकवानपुर सिजन –३ प्रतियोगिताको भिडियो जिङ्गल सार्वजानिक गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षाविद् जोशीले विजेता हुनेले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरको रुपमा एक वर्ष रहने गरी नियुक्ती गरिने समेत बताए ।
मिस मकवानपुर सिजन–३ सहभागि हुन कुनै शुल्क नलाग्ने र प्रतियोगिता सुरु हुनु भन्दा दुई महिना अघिबाट हुने तालिममा नि:शुल्क खाजाको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ ।प्रतियोगिताको उपाधि विजेताले चादीँको ताज र नगद एक लाख रुपँया तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले नगद २५ हजार सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन भने भ्युवर्स च्वाईसले नगद २० हजार रुपँया प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताईएको छ । यस्तै सहभागीको उचाई ५ फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसईई उत्तिण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब २८ लाख रुपैया खर्च हुने जनाएको छ ।
यसअघि स्पाक्लिङ्ग सिजले मिस मकवानपुर-२०१८ र कलिउड सुपर डान्स एन्ड फिटनेसले मिस कलिउड-२०१९ गरिसकेको छ । पत्रकार सम्मेलनमा यसअघि मिस मकवानपुर-२०१८ र मिस कलिउड-२०१९का विजेताहरुको पनि सहभागिता रहेको थियो ।

