मकवानपुर । एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले एकताबद्व भएर चुनाैतीकाे सामना गर्ने बताएका छन् । एमाले बागमती गाउँपालिकाकाे समीक्षा बैठकलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमाले लाई जनताबाट अलग्याउन र पार्टीकाे विपक्षमा भ्रम सृजना गर्न अन्तराष्ट्रिय शक्ति नै लागेकाे उनले जानकारी दिए । राष्ट्रिय स्वाभिमान, लाेकतन्त्र र विकास समृद्विकाे पक्षमा दृढतापूर्वक उभिएकाे एमालेलाई कमजाेर बनाउन लागिएकाे उनकाे भनाइ थियाे । निर्वाचन परिणाम अनुकुल हुन नसके पनि पार्टीकाे पक्षमा उत्साहपूर्वक परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद भन्दै अविचलित रूपमा देश, जनता र पार्टीकाे पक्षमा लागि रहनु आग्रह गरे।
बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले ईतिहासमा नै नेपालकाे कम्युनिष्ट र लाेकतान्त्रिक आन्दाेलन संकटमा परेकाे र परिवर्तनकारी आन्दाेलनकाे पक्षमा निरन्तर भूमिका खेलेकाे एमाले र नेतृत्वमाथी प्रहार भएकाे बताए । हामी राष्ट्रिय स्वाभिमान, लाेकतन्त्रकाे सृदृढीकरण र विकास समृद्विकाे पक्षममा उभिका छाैँ, अझ दृढ भएर उभिन जरूरी छ भन्दै जनताकाे बीचमा हामीप्रति फैलाएर भ्रमहरूलाई चिर्न जरूरी रहेकाे उनले बताए ।
बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ्गदाेर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनकाे समिक्षात्मक मन्तव्य राखेका थिए । बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनकाे समिक्षात्मक रिपाेर्ट पेश गरेका थिए ।

