मकवानपुर । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटाैँडा उपमहानगरपालिकाकाे अन्तिम लेखा परीक्षण गरिएकाे छ । अन्तिम लेखा परीक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीकाे आन्तरिक लेखापरीक्षण गरिएकाे थियाे ।
एमाले केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परीक्षण गर्नु भएकाे हाे । लेखा परीक्षण प्रतिवेदन केन्द्रीय लेखा आयाेगले मकवानपुर जिल्ला कमिटीकाे कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटाैंडा नगरकाे लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्ताेलालाई हस्तान्तरण गरिएकाे छ ।
लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयाेगले प्रदेश, जिल्ला र पालिका सम्मकाे लेखा परीक्षण गर्ने व्यवस्था रहेकाे बताउनु भयाे । परीक्षणकाे क्रममा लेखाकाे दाेहाेराे लेखा प्रणाली अनुसार व्यवस्थित हरहिसाव राखिएकाे, आम्दानीमा पारदर्शी र खर्च मितव्ययी रहेकाे उहाँले बताउनु भयो ।
मकवानपुर जिल्लामा विगतदेखि नै लेखाकाे नियम अनुसार हरहिसाव व्यवस्थित गर्दै लेखा परीक्षण नियमित गर्दै आईरहेकाे केन्द्रीय लेखा आयाेग सदस्य नवीन सिग्देलले बताउनु भयाे । बागमती प्रदेशका १० जिल्लाहरूमा मकवानपुर र पालिकामा हेटाैंडा उपमहानगरबाट पहिलाे पटक लेखा परीक्षण शुरू गरिएकाे उहाँले बताउनु भयाे । उहाँले अन्य जिल्ला र पालिकाहरूमा मंसिर मसान्तसम्म लेखा परिक्षण गरिसक्ने जानकारी दिनुभयाे । मकवानपुर जिल्ला कै राजनीति दलमा पार्टीकाे आन्तरीक हरहिसाव व्यवस्थित र पारदर्शी राख्ने पार्टी पहिलाे एमाले भएकाे समेत आयाेगका सदस्य सिग्देलले बताउनु भयाे ।
लेखा परीक्षण प्रतिवेदन हस्तान्तरण केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेकुमार बर्ताैला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी र उपहानगरपालिकाकाे पदाधिकारीलगायतकाे उपस्थिति गरिएकाे थियाे । लेखा परिक्षण प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले लेखा परीक्षणमा प्राविधिक सहयाेग रहेकाे थियाे ।

