गजल
बलजफ्ती थुनिन्छन् गुनगुनाउने ओठहरु।
धर्ती जस्तै सहनुपर्ने अनगिन्ती चोटहरु ।
बाध्यता, विवशताको जन्जिरमा फसाएर,
विद्वान् बनी देखाइन्छ्न् महिलाका खोटहरु ।
माया हैन, सम्मान गर नारीलाई देवी ठानी,
तुलसी बिना पुरा हुन्नन पूजा गर्ने मोठहरु।
कहिलेसम्म बाच्नु अझै डराएर कातर भई,
चौँरीले नै सजाउँछन लेकमा ती गोठहरु ।
अधिकारको लडाइँमा तल पर्छन् अझै नारी,
फूल्न नपाई ओइलाउँछन सिर्जनाका बोटहरु ।

