- विष्णु अवस्थी
सिमसिमे पानीले
मधुर तिम्रा यादहरू दिएर जान्छ ।
राप्तिको चिसो हावाले
तिम्रै नामको सुसेलि हालेर जान्छ
तिमीले नचाहदा नचाहदै नि
तिम्रै तस्विर नयनमा लुकेर बस्छ ।
सगसंगै साटेको माया
रातभरि भलाकुसारिमा बिताएका,
प्रेमिल पल सम्झाएर जान्छ ।
कहिले आउँछौ तिमी भनि
मायाका कोशेलिहरूले दसतक दिएर जान्छ
जहाँ केबल तिमी नै तिमी छौ ।
तिम्रो हसिलो मुहार
मेरा घाउहरूमा मलम लगाएर जान्छ
सम्झनाको शिखर चढि मौनता मै भए नि फेरि यो मन बियोगको पिडामा रुवाएर जान्छ ।
अनि,
म आफैलाई केलाएर हेर्छु,
ती फक्रिएका फुलहरू
कहाँ गुलाबी थिए र
जहाँ म प्रेमको बासना खोज्दै हिडे
माया गरेको मान्छे कहाँ मेरो थियो र
जो म हक जमाउदै हिडे
मेरो त मनको भ्रम मात्र थियो त्यो
जहा म आफै भ्रमित मात्र भई रहे
उ नै मेरो सात जुनिभरको माया ।
उ नै मेरो सब थोक ।
ठेगाना : भिमदत्त नगरपालिका – ६ कञ्चनपुर,
हाल हेटौंडा मकवानपुर ।

