प्रिय मन
कहाँबाट सुरु गरू
हरेक कुरा शब्दले मात्र
अभिव्यक्त गर्न नसकिने
जिन्दगिका माया सधै अपार सँगै निराकार
न बोलेर थाकिने
न लेखेर सकिने
न भोगेर पिडा हुने
न जोखेर जोख्न सकिने
जति भण्डारण गर्यो त्यति भरिने
मुटुबाट कहिलै नपोखिने
साँच्चै माया त माया नै रहेछ
अदभुत जादुमयि
जसको जादुमा परेर स्वयम
देवतासम्म दास भए
मायाको जाल साह्रै मिठो
जतिबेला नि अल्झि रहन मन लाग्ने ।
अनि
म कसरी अछुतो रहन्थे
त्यो मायाजालबाट
मेरा हरेक मायाका अध्याय
जो तिमीबाटै शुरू भएर
तिमी मै सकिन्छन
मेरो प्रत्येक हरफमा
मात्र तिमी बिहानीको नौलो किरणसँगै
तिम्रो मायाले दिनको आभास गराउँछ
अनि मध्यरातको सपनीमा
मह मिठास भर्छ
हरेक स्मरणमा तिम्रै ध्यान रहन्छ
जीवनका जटिल परिस्थितिहरू
तिम्रो कल्पना मात्रले सजिलो भईदिन्छ ।
मायाको दिप
जसले मेरो जीवनमा उज्यालो छर्छ
अटल विश्वास र भरोसा मेरो
आँखाको नानी भई ससार हेर्ने
धड्कन जसमा मेरो प्राण बसेको
उतारचढाव पुर्ण जीवनपथमा
तिमी मेरो एकमात्र सङ्घर्षको
निःस्वार्थ साथी
मेरा दुखको पीडाको भारी
बिसाउने मनको चौतारी
मलाई म बन्न प्रेरित गरी
मेरो सर्वस्व जोगाउने
अन्तःप्रेरणाको श्रोत
उज्यालो संसार देखाउने
मेरो सिङ्गो निलो आकाश
जिन्दगीको श्रुतिमधुर
कबिकर बनाई
मेरा मनका भावनाहरूलाई साक्षात
रूप दिने देवी सरस्वती
संसारकै अद्वितीय प्रिय तिमी
तिमीसँग जति मनमुटाव हुन्छ ।
त्यति माया बढेर आउँछ
मायाको डोरि झनझन
मजबुत हुदै जान्छ
तितो नि मिठो महसुसता दिने
लाग्छ तिमी छौ र त म छु
मेरो अस्तित्व केवल तिम्रै लागि
मेरो अन्ध आकर्षणको प्रेम
शरिर प्राप्ति होइनौ तिम्रो
मुटु माझको रासमा मिसिन हो
आत्मीयता हो मनको
चेतनाको सम्प्राप्ति हो
प्रेम दुई आत्मको मिलन हो
अन्तरआत्माको मधुर आवाज
जसको सुन्दरता नै
बयान गर्न नसकिने
ईश्वर प्राप्तिको आस्थाले
उब्जाऐको बिश्वास र
पवित्रताको बन्धन थियो ।
प्रेम देवी देवतादेखि
सारा जगतसम्म नतमस्तक भए प्रेममा
नत्र किन आगरामा ताजमहल बने
किन पाल्पामा रानिमहल बने
त्यहि एउटा अलौकिक शक्तिले त
म नि तिम्रै भएर बसेको छु
जन्मजन्मातरसम्मलाई प्रेममा
जति पियो त्यति प्यास लाग्ने
तिम्रो प्रेमको प्याला
कहिल्यै तृप्ति नहुने गरी
भोकाएको झै
जुनको उजेली रात
अनि फूलको सुगन्ध झै
प्रेमको सुवाश सधैभरी
बसिरहोस यो मनमा
आफूलाई समर्पण गरी सके
मायामा अब लैला मजनु
रोमियो जुलियट
मुना मदन झै
प्रेमिल जोडी बनि सच्चा आदर्श
प्रेमको प्रतीक बन्न खोजे
आज पनि तिम्रै नामको
प्रेम गीत गुन्जिन्छ यो मनमा
एउटा अस्मरिणय कथा बनि
त्याग तपस्या बलिदान सायद
प्रेमको अर्को रूप रहेछ
जुन मेरो हिस्सामा थियो
लाखौ कोशिस गर्दा नि त्यहि पाएँ
मेरो प्रेम एउटा नदी जस्तै थियो
तिम्रो लागि सधै निरन्तर बगिरहने छ ।
स्वच्छ पवित्र भई अनन्त कालसम्म
पर्खाईको पिडा सहदै
तिमी जता भए नि
यो मनबाट कहिले टाढिने छैनौ
जहा रहे नि
प्रेममा कहिले कमी हुदैन
तिम्रो नजरमा म
सधैको दोषी भए नी
सधैँ खुसी रहनु
उमगका सपना सजाउनु
सर्घषका गाथाहरू लेख्नु
अकाशगगा झै चम्किरहनु
मायाले भरिएका
सबै पलहरू रंगिन बनुन्
चाहनाहरू साकार हुन
सफतला तिम्रै अघिपछि
घुमीरहोस माहुरी झै
उहि तिमीलाई माया गर्ने
पागल मन ।
ठेगाना भिमदत्त नगरपालिका – ६ कञ्चनपुर,
हाल हेटौंडा मकवानपुर ।

