शोभा शाह थापा
झरना हिमताल अनि नदीको तेज धार हुँ म ।
उजाडपछिको हरियाली वसन्त बहार हुँ म ।
वनमा फुल्ने गुँरास फूल भीरमा फल्ने सल्लो,
तराईको बाली लेकको जडिबुटी झार हुँ म ।
सुवास छर्ने कपुर वृक्ष यो धराको लागि,
देश दुश्मनको लागि तिरमिराउने खार हुँ म ।
न्यायलयको पवित्र गीता मन्दिरको घण्टी,
गीतमा बज्ने संगीतको मीठो झंकार हुँ म ।
महल झुपडीमा बल्ने दीप घाटमा जल्ने चिता,
सीमानामा चल्ने गोली खुकुरी तरवार हुँ म ।
दुरै बस नआऊ वर नचलाऊ मलाई,
व्यर्थै मर्न सक्छौ बिजुलीको नाङ्गो तार हुँ म।
हेटौंडा मकवानपुर

