मकवानपुर । ४ मंशिरमा हुने निर्वाचनकाे प्रचार प्रसारमा मकवानपुरका उम्मेदवारहरु तीब्रताका साथ लागेका छन् । मकवानपुरमा आआफ्नाे निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरु विभिन्न एजेण्डा सहित पुग्ने गरेका छन् । ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिका रहेकाे जिल्लामा आफ्नाे पक्षमा मत आकर्शित गर्न भूगाेल पिच्छे फरक एजेण्टा उम्मेदवारहरुले प्रस्तुत गरिरहँदा मतदाताले समेत फरक माग राख्ने गरेका छन् ।
नेकपा एमालेका उम्मेदवारहरुकाे घरदैलाेमा स्थानीयहरुले ढल निकासको समस्या, सडक स्तरीकरण नहुदाको समस्या राखेका छन्। यसैगरी देशको प्रमुख जनशक्ति युवाहरुको बिदेश पलायनलाई रोक्न समेत स्थानीयको माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनकाे लागि नेकपा एमालेले गरिरहेकाे घरदैलो कार्यक्रम अन्तर्गत मकवानपुर क्षेत्र नं १ को हेटौंडा उपमहानगरपालिका ५ को विभिन्न टोलमा घर घर पुगेर उम्मेद्बारले मत मागि रहँदा मतदाताहरुले उक्त माग राखेका हुन ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार कमल थापा र क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेद्बार एकालाल श्रेष्ठकाे घरदैलोमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय मतदाताले आफ्नाे भूगाेल अनुसारकाे माग राखेका हुन । उम्मेदवारद्वयले जनता चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार हेटौंडा ५ को सिंचाईकुना, दक्षिणकाली, राईटोल, ढुङ्गेधारा, नवीन टोल, मास्टरचोक, वनदेवि टोललगायत स्थानमा घरदैलो कार्यक्रम गरिएकाे एमाले मकवानपुरले जनाएकाे छ । समानुपातिक उम्मेद्बार भारती पाठक , थापा र श्रेष्ठको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको निर्बाचन परिचालन कमिटीले जनाएको छ ।
मकवानपुर प्रतिनिध सभा क्षेत्र नम्बर १ मा बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिकाका १,२,३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४, १५, १६, १७ र १८ नम्बर वडा पर्छ । त्यस्तै क्षेत्र नम्बर १ ख मा हेटौंडा उपमहानगरपालिकाको २,४,५,६,७,८,९,१०,१२,१३,१४ र १५ नम्बर वडा पर्छ ।
यसैगरी मकवानपुर क्षेत्र नम्बर १ ख का उम्मेद्बार एकालाल श्रेष्ठले हटलाईन नम्बर संचालनमा ल्याएका छन् । श्रेष्ठले चुनावी अभियानको बारेमा आबश्यक जानकारी, जिज्ञासा, धारणा एवं सल्लाह, सुझाब र गुनासोको लागि ९८५११४८२८८ नम्बर संचालनमा ल्याएकाे बताए ।


