मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकासशरण महतले मंशिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । मंगलबार हेटौडामा महतले आगामी निर्वाचन पश्चात नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
कांग्रेसका प्रवक्ता महतले मंसिर ४ पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन मकवापनुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनवापछि बन्ने सबभन्दा ठूलो पार्टी काँग्रेस बन्ने समेत दावी दावी गरे ।
आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले अधिकांस स्थानमा जित हात पार्ने तथा अधिकांश क्षेत्रमा काँग्रेस विजयी हुने आँकलन प्रस्तुत गर्दै महतले भने– सबभन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीमा दावी गर्न पाउँने भएकाले देउवा नै आगामी सरकारको प्रधानमन्त्री बन्ने ठोकुवा गरे ।
पाँच दलीय गठवन्धनको घटक नेकपा माओवादी केन्द्रले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष प्रचण्डको प्रचार गरिरहेको समयमा ठुलाे दलकाे हैसियत नभए पनि गठबन्धनकै सरकार बन्ने तर्फ संकेत गर्दै गठवन्धकै नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रवक्ता डाक्टर महतले भने गठवन्धनबाट भाबी प्रधानमन्त्रीको विषयमा कुनै सहमति भैनसकेको दाबी गरे । प्रधानमन्त्री हुने विषयमा अहिलेसम्म प्रचण्डले कुनैपनि औपचारिक दाबी नगरेको भन्दै उनले उहाँका केहि समर्थकले प्रचार गरेकाे उनले बताए ।
उनले गठबन्धन दलहरुको बैठकमा सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारेमा छलफल भने नभएको स्पष्ट पारे । प्रवक्ता महतले फुटाउँने भन्दा पनि जुटाउँने नेतृत्व आजको आवश्यकता भएकाले माओवादी केन्द्र र समाजवादीलाई समेत सँगसँगै लिएर हिडेको स्मरण गराउँदै देउवाले मात्रै सबैलाई एकैठाउँमा मिलाएर लान सक्ने दावी गरे । प्रवक्ता महतले गठबन्धन कसैको विरुद्धमा तत्कालिन केपी शर्मा ओलीले सिध्याउन खोजेको व्यवस्था र संविधानको लागी बनेको स्मरण गराउँदै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर जिताउन आग्रह गरे । गठबन्धनका उम्मेदवारहरुले जितेमात्रै व्यवस्था र संविधानको रक्षा हुने र देशले विकासको गति लिने उल्लेख गरे ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, मकवानपुरका पार्टी सभापती बुद्ध लामा, सचिव भिमसेन महत, प्रवक्ता अर्जुन चौलगाई लगाएत नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

