गणेश चौधरी
१.
सुख भनौ कि दुख भनौ जिन्दगीको झेल यस्तै छ
कहिले हाँसो कहिले आँसु पनि अचेल यस्तै छ
धौरै आउँछन् मन बहकाउनेहरु चुपचाप बस्दा,
अरु नभई आफ्नाहरु सँग कै हाँस-खेल यस्तै छ।
२.
पुराना ती यादहरुले हलचल मच्चाई दिन्छ
देख्दा उही अनेक थरीकै केश छाई दिन्छ
अब सजाउने कि मेटाउने छुटेका ती पलहरु,
मन भरिको उमङ्ग लिई प्रितमा आई दिन्छ।
३.
पिउँदै थिए अम्खोराको पानी सराब ठान्याैं।
अरुकै तुलनामा तिमीले मलाई खराब ठान्याै।
म त तिर्खाएको मनको प्यास मेटाउँ भन्थे
के गर्नु आखिर मेरो जिन्दगी नै धराब ठान्याैं।
ठाकुरबाबा नगरपालिका-७ भदेली, बर्दिया

