टिङ्कु भट्टराई
तितो मिठो जे भए नि बाँडिचुँडी खाउँला भन्थिन् ।
जिर्णभाको फरिया चोली सिलाएरै लाउँला भन्थिन् ।
नजाउ प्यारा बिरानु देश घर खेतै धितो राखी,
टारी खेतमा बेठी लगाई हल गोरु साउँला भन्थिन् ।
गहिरीखेत र सिमखेतमा एकै दिनको रोपाइँ पारौं,
कुलो पानी मिलाउन पालैपालो धाउँला भन्थिन् ।
वारि पारी अर्म पर्म गरौंला नि सबै सङ्ग,
धान गोढ्दा, नजर जुध्दा तीजको गीत गाउँला भन्थिन् ।
लेक बेँसी मेलापातमा घाँस दाउरा एकै साथ,
इलाम, फिक्कल बिहिवारे हाट सङ्गै जाउँला भन्थिन् ।
सूर्योदय -१३,लक्ष्मीपुर इलाम
In: साहित्य/ कला
Tags: No Comments

