मकवानपुर । हेटौंडामा पोखराका कवि अमृतको कविता कृति “एकान्त भिड” शनिबार वाचन तथा विमर्श गरिएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कवि तथा समिक्षक घनश्याम घिमिरेले कवि अमृतको कृतिबारे चर्चा तथा परिचर्चा गरेका थिए ।
कवि अमृतले कृतिभित्रका ५ वटा कविताहरु वाचन गरेका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभयो । कविता संग्रह “एकान्त भिड”मा ८० वटा कविता समेटिएका छन ।
नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि आनित्यको सभाध्यक्षता तथा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
यस्तै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको एकल कविता साझ शनिबारनै सुरु भएको छ । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना कविता सुनाउदै छन । कविता संगै उनले गजल सुनाएका छन ।
नेपाली लेखक संघ मकवानपुरको आयोजनामा एकल साझ भएको हो ।

