कविता शर्मा
आशाका बिस्कुन हेर्छु फिँजाएको सधैं ।
कुटुकुटु धमिराले उसलाई खाएको सधैं ।
आत्मघाती बिस्फोटको कमि कहाँ छ,
सागर झैँ देख्छु आँखा रसाएको सधैं ।
अंधकारको ज्वाला दनकिदैछ दिनदिनै,
देशद्रोहीको हातमा घाम रमाएको सधैं ।
उदास हैन निराशा छोड बिति हाल्छ नि,
अस्ताए पछि घाम पनि छ उदाएको सधैं ।
चाहानाको खोलोमा बगेका ती फोहोरहरू,
किनारमै हो कि अड्किएर गनाएको सधैं ।
बँगैगाउँ गुहावटी आसाम
In: साहित्य/ कला
Tags: No Comments

