रुपा गौतम
१.
मनको दरिद्र दस बीस बोकेर मन्दिरभित्र पस्छ सधै
अशक्त भिखारी मन्दिर बाहिर कचौरा थाप्दै बस्छ सधैं
मूर्तिलाई घुस खुवाउने धनाड्य हरिप माग्नेहरुलाई देखेर
वास्तविक भिखारीको आँसु रित्तो झोलीमा तप्प खस्छ सधैं।
२.
घमण्ड गरेर ठूलो मान्छे बन्ने गरेकी छैन
कामलाई सानु ठूलो भन्ने गरेकी छैन
साना देखि ठूलाको म सधैं सम्मान गर्छु
मैं हूँ भन्दै हिँड्नेलाई चै गन्ने गरेकी छैन ।
३.
छोराछोरीलाई शिक्षा मात्र दिएर हुन्न संस्कार दिउँ
एकपल्ट हैन अर्ती उपदेश ए हजुर बारम्बार दिउँ
हुदैनन् पढेर मात्र ज्ञानी गुणी र असल कर्म गर्नेहरु
कदम कदममा होस राख्ने मन्त्रहरू हजार दिउँ ।
निजगढ बारा

