ज्याेति घिमिरे
उजेली छ भन्दा भन्दै रात हुन सक्छ।
जहाँ बिस्वास त्यही नैँ घात हुन सक्छ।
माया भन्ने कुरा मनले भएपनी,
घरजम गर्न तगारो जात हुन सक्छ।
फूल फुल्छ बोटमा चढ्छ मन्दिरमा,
निकम्मा त त्यही बोटको पात हुन सक्छ।
नशा त हल्का लागेको थ्यो प्रिय,
नजरमा नजर जुधेपछी मात हुन सक्छ।
दुई वचन बोल्दा पनि बिचार गर्नु तिमी,
हतियार भन्दा धारिलो कटु बात हुन सक्छ।
कसरी चिनौँ आफ्ना अनि पराइ भनी यहाँ ,
पैसा हुन्जेल त आत्मियताको खात हुन सक्छ।
दस नङ्ग्रा खियाउँदा नि सफल हुन नसक्नुमा,
पुर्पुरोमा नहुनेलाइ दैबकै लात हुन सक्छ।
गोदार, धनुषा

