मिना घिमिरे भट्टराई
१.
छैन रुप छैन कत्ती धन घमण्ड के मा गरौं
तिम्रो झै छैन सुखी जीवन घमण्ड के मा गरौं
तिमीबाट धोका हुन्न भन्ने एउटै घमण्ड थियो
टुक्र्याइदियौ तिमीले नै मन घमण्ड के मा गरौं ।
२.
तिम्रै निम्ति धड्किन्छ यो दिल यत्ती भन्न चाहेँ
तिमी बिना छ जिउँन मुस्किल यत्ती भन्न चाहेँ
रिसाउ ,झर्क या त तर्क जे सुकौ गर म संग
तिमी हौ मेरो आखिरी मन्जिल यत्ती भन्न चाहेँ ।
३.
अगाडी पछाडी दौडिने जीवन कहाँ पुगे होला
धरोधर्म म तिम्रै हुँ भन्ने मन कहाँ पुगे होला
अलबिदा भनी जाने निकै उचाईमा पुगेछन
बोल्दै नबोली गएकाहरु झन कहाँ पुगे होला।
४.
कराउन रुन छाडिदिए र त म बद्लिए
यी नयन छुन छाडिदिए र त म बद्लिए
मलाई आजभोली”म”मनैपर्दैन किन हो
म”म”जस्तै हुन छाडिदिए र त म बद्लिए।

