धनु शर्मा
सुन्दर पुष्प मगमगाउँछन् धरतीमा आज
आकाशसरी विशाल छाती हजुरको बाबा
कोखमा राख्ने नपाएनी सृष्टिबाट अधिकार
अदृश्य छन अनगिन्ती हजुरका अभिभारा ||
बाल्नुपर्छ घरको चुलो टाल्नुपर्छ घर पनि
अहोरात्र जुट्नुपर्छ तरबारसरि बनी
बिर्सिएर आफ्ना खुशी सन्तानकै मुख हेरी
त्याग् समर्पण हजुरको सकिँदैन वर्णन गरी ।।
चुलोचौकोदेखि बाबा आकाशसम्मै छ योगदान
सन्तानकै लागि सधैं सुम्पिएका ती पसिना
तातेताते गर्दै औंला समाएर हिँड्न सिकाई
सन्सार बुझ्न सिकाउनुभो आज फेरि मलाई ।।
सन्तान खातिर आँसु लुकाई मुस्कुराउने ओठ
सन्तानकै पिर् बुझिदिने लुकाएर आफ्ना चोट
आँधी- बाढी ,पहाड बनी छेकी त्याग गर्ने बाबा
छाडी जाँदा सारा सृष्टि सुनसान भाछ आज ||
पाेखरा

