सरिता न्यौपाने पाैडेल
१.
दिलमै बास दिन्छु भनी,बोलाएकी छु
उनकै बाटो कुर्दै आज, टोलाएकी छु
मैले गर्या बिस्वास कतै तोडीनेपो होकी
डर बोकी आँखा भित्र , लोलाएकी छु।
२.
आफू बाहेक जीवनमा कसैको, भर लाग्न छोड्यो
पिडा दिने धेरै भएपनि कसैको, डर लाग्न छोड्यो
आफ्नो मान्छे अर्कै भइ, पराइको कांध थाप्दा
एक्लो भयो जीवन बाच्ने ,रहर लाग्न छोड्यो ।
३.
मनको भाव बुझ्ने भए, सुन्न आउ तिमी
अश्रुधारा बगेकै छन, थुन्न आउ तिमी
आफ्नैलाइ पराइ सम्झि बैरी भाव किन
टालेको मन फाटे फेरी, बुन्न आउ तिमी ।
४.
भित्र ब्यथा लुकाएर , बाहिर हाँस्ने धेरै छन् यहाँ
मनमा लाखौं स्वार्थ बोकी,माया गाँस्ने धेरै छन् यहाँ
स्वार्थी यो दुनियाँमा कस्को के कुरामा भर पर्नु छ र ?
क्षणिक सुखका लागि चोखो माया मास्ने धेरै छन् यहाँ ।
५.
दुखिरहन्छ जिवन यो, सधैं यसैगरी
ढुकढुकि नै रोकिन्छ झैं, हुन्छ घरिघरी
ओइलिएर कोपिला नफक्रिए जस्तै,
उजाड उजाड फूलबारी, लाग्छ वरिपरी ।
चन्द्रागिरी ६ काठमाडौं

