ऋषिराम भुसाल
१.
म खुसी हुँदा परिस्थितिले ऊ रोएको हुन सक्छ .
म रम्दै गर्दा ऊ आँसुले मुख धोएको हुन सक्छ .
मेरो खुसीमा ऊ सधैँ खुसी हुनैपर्छ भन्ठान्छु म,
सोच्दिन उसलाई कतै पीडाले छोएको हुन सक्छ ।
२.
औकात राम्रो देखे बलेको आगो भनी ताप्न खोज्छन् ।
निगाह पाउन हुनेसँग नित्य आशीर्वाद थाप्न खोज्छन् ।
कृपाको भरमा जब खोँचबाट ढिस्को निस्कन्छ मान्छे,
माया गर्नेलाई चुनौती दिँदै उसकै स्तर नाप्न खोज्छन् ।
मदाने, गुल्मी हाल चन्द्रागिरि, काठमाडौँ

