गीता ढुङ्गाना (फुयाँल)
१.
निरोगी मन घाइते बनाइ मुटु भित्रै बस्ने भयौ
यता आश्वासन दिलाएर अन्तै चित्र कस्ने भयौ
चर्किएको आलो घाउमा नुनको बर्षा छर्किएर
आँखा छली थाहै नदी सर्पले झै डस्ने भयौ ।
२.
यो मन भित्र जति नै पीडा भएपनी बाच्नु पर्दो रहेछ
खुशीका आँशु आउदो दुःखका लागी साच्नु पर्दो रहेछ
कहीले घाँमपानी त कहीले आँधी-हुरीको यो जिन्दगी
भाग्य खोटो हुदा एक्लो जिवन पनि काट्नु पर्दो रहेछ ।
३.
मेरो यो दील भित्र खास भयौ तिमी
संगै मर्ने संगै बाच्ने आश भयौ तिमी
छोडी गयौ भने खै कसरी बाचुला र ?
चम्कीरहने तारा जस्तै रात भयौ तिमी ।
४.
तिम्रो दीलको वरिपरी घुमीरहन देउ है मलाइ
हर साझ हर बिहान चुमीरहन देउ है मलाइ
बाचुन्जेल खुशी हुने हो प्यारा मरेपछी के नै छ र
मेरै नाममा चल्ने त्यो धड्कन सुनीरहन देउ है मलाइ ।
५.
लाग्छ सधै प्यासमात्र पानीले नमेटिने
मन भित्रका तरंगहरु जवानीले नमेटिने
नदी तर्दा डुङ्गा संगै सारथी नै भेटे पनि
मनको लड्डु मनमै हुने सिरानी नमेटिने ।
काठमाडौँ

