मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १ जना ३० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस मकवानपुरगढी गाउँपालिका ६ अदालत डाँडा र मकवानपुरगढी-३ देविडाँडामा भएकाे कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
मकवानपुरगढी गाउँपालिका ६ अदालत डाँडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं वडा सभापति केदारनाथ चौलागाईंको सभाध्यक्षतामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो । कार्यक्रममा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र माओवादीबाट ९६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्षका प्रत्यासी कृष्णप्रसाद बजगाई, उपसभापति सुशिला फुयाँल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
त्यसैगरी, मकवानपुरगढी-३ देविडाँडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँको प्रमुख आतिथ्यता एवं वडा सभापति बिजय लामा थोकरको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा एमाले, राप्रपा र माओवादीबाट ३४ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजबिर मोक्तान, रुक्मणी ढुंगाना, कमल फुयाँल लगायतकाे उपस्थिति रहेकाे थियाे । दुबै स्थानमा भएकाे कार्यक्रममा कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँले पार्टी प्रवेश गरेका नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

