शम्भु प्रसाद भट्टराई
पत्याउन गाह्रो भयो मानिसको कुरा ।
सानो ठूलो जोसुकै होस् चलाउँछन् छुरा।
मनभित्र यौटा कुरा बाहिर छ अर्को
अभिमत बाझ्नै हुन्न पसिहाल्छन् धुरा।
चरित्रको कुरा छोडौँ पैसा भयो ठूलो
बोटै सके नपुगेर चाट्न थाले पुरा।
राजनीतिले कल्याण बिर्स्यो वैश्विक छ चाला
नेतृत्वको सहारा भो आमोद प्रमोद सुरा।
सम्बन्धले रूप फेर्यो हार्दिकता बिर्स्यो
स्वार्थ मिल्न छाडेपछि बन्छ काँचको चुरा।
बिराटनगर, माेरङ

