
मखमली फुल ओईलिन्छ भाई,घर फर्की चाँडो आउ
गरिब दिदीको कमजोर मनलाई,कहिले नि नदुखाउ
घरको धन्दाले बाँधिएको हुन्छु सधैं,उम्किनै पाउदिन
अघिपछि भन्ने उस्तै हुन्छ बाबू! तिहारमा भेट्ने दाउ।
खोटाङ

सबैतिर खुसियाली छाएको समाचार होस
आहा! दशैं भन्दा पनि रमाइलो तिहार होस
सकिँदैन कसैले केही लिन र दिन पनि कहिले
केवल दिदीबैनीको हात,दाजुभाइको निधार होस ।
भरतपुर चितवन

सधैं भरी ऋणको भार परदेशी लाई
छैनकेही रमाउने आधार परदेशी लाई
गाउँ घर छोडेर परदेशी हुनु परेको छ
बिरानो ठाउँमा दशैं न तिहार परदेशी लाई ।।
धनगढी कैलाली

दाइ आउछा भन्दै दिन गुनी बसेकी होउली
देउसी भैलोका गीत सुनी बसेकी होउली
एस्तै हुदो रहिछ अर्कको नुन पानी खाए पछि
यो साल नि आइन मख्मली फुलबुनी बसेकी होउली ।
सिरानचोक ३ गोरखा

सबको मन झिलिमिली बत्ति झैँ बनोस् शुभकामना
माइती चेलीको सम्बन्ध प्रगाढ होस् शुभकामना
धनकी देवी लक्ष्मीमाताको कृपाले यो तिहारमा
सबले आँटे अनि सोचेको सबै पुगोस् शुभकामना ।
सोलुखुम्बु

माइती जाँदा मैले लगाएका फूलले पनि मलाइ भुले होलान्
आजसम्म त ती फूलहरू पक्कै ढकमक्क भएर फुले होलान्
भनेको बेला फ्याट्ट निस्कन नपाई घरमै अलमलमा परे म !
उता माइतमा सङ्गी देउसी भैलो खेल्न गाउँमा डुले होलान् ।
चन्द्रागिरि, काठमाडौँ

