मकवानपुर । राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्ट र सुनिल बललाई हेटौंडामा सम्मान गरिएको छ । १३ औं दक्षिण एसियाली फुटबल साफमा नेपाली टिमलाई उपबिजेता बनाउन सफल उनीहरूलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले नगद २५ हजार रूपैयाँसहित सम्मान गरेको हो ।
बागमती खेलकुद विकास परिषदको सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु कुमार लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देल, समितिका पूर्व अध्यक्ष माधव तिमल्सिना, बिभिन्न खेलकुद संघका अध्यक्ष एवं प्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुको उपस्थित रहेका थिए

