गौतम “सरोवर” रावत
बिछट्ट तड्पन शोकको म नारा सम्झिन्छु
तिमी गहिराईमा पुग्छौ म रारा सम्झिन्छु
उभिन्छौ भगवानको पनि भगवान् बनेर
नहुने बेला हात दिदा म सहारा सम्झिन्छु ।
उकुसमुकुस हुन्छ अति प्यारमा यो मन
सुन्छ आखिर कस्ले व्यावहारमा यो मन
साच्चै हो मुटु कलेजो अचानोसरी दुख्छ
दोष दिउँ हुन्न ठाउँ हुन्छ हतारमा यो मन ।
लेख्न त लेखिन्छ कथा कहानी
कहिलेकाहीँ आफ्नै जिन्दगानी
हाँसोमा पनि आँशुको मिसावट
भुल्नै नमिल्ने छ एउटा निशानी ।
प्यारमा हो तड्पन उल्झन नठान्नु
रुन्छन कोहि मजाक वचन नठान्नु
साथ दिनु कोहि अप्ठ्यारोमा हुदा
आफ्ना हुन या अरु दुश्मन नठान्नु ।
एकनास चल्दैन कम्पन मुटुको अचम्म छ
उदासीपनले सधैं आँखामा आँसु टम्म छ
कैयौं टकरावका बाबजुद यात्रा गरिरहेको
यो जिन्दगानी थाहा छैन खै कहाँ सम्म छ ।
साफेबगर ३ अछाम

