मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राक्सिराङ गाउँपालिका कमिटी अध्यक्षमा रोहन लामा चयन भएका छन् ।
गाउँपालिका भेलाले लामाको अध्यक्षतामा १ सय ५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेकाे हो । कमिटिको उपाध्यक्षमा रन्जिता घलान, सचिव दिनेश चेपाङ,सह-सचीव सन्च बहादुर चेपाङ लगायत रहेका छन् ।
नेकपा एमाले मकवानपुर जिल्ला कमिटिका सह-सचिव लालबहादुर थापाको अध्यक्षता तथा नेकपा एमाले बाग्मती प्रदेश कमिटीको सदस्य एवं संगठन विभाग प्रमुख अनन्त पौडेलको प्रमुख आतिथ्यमा भेला भएको थियो।
कार्यक्रममा नेकपा एमालेका नेता तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,राक्सिराङ गाउँपालिका वडा नंबर ३ का वडा अधयक्ष बाबुलाल स्याङतान, ४ का वडा अध्यक्ष संजय कोइराला लगायतको उपस्थिति रहेको थियो ।

