मकवानपुर । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसका १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट मैनालीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेका हुन् ।
‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेको छ । त्यसकारण मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हु“ ।’ युवा नेता मैनालीले भने ‘आफू निर्वाचित भएसँगै पार्टीभित्र युवाहरुलाई सही स्थानमा नेतृत्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्न पनि आफू नेतृत्वमा आउन जरुरी रहेकाे बताए । पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्ति बढी हावी भइरहेको छ । त्यसकारणले गर्दा यस अधिवेशनबाट सवल र सक्षम युवाहरु नेतृत्वमा आउनु आवश्यक रहेको छ ।’, उनले भने ।
हेटाैडा १ चाैकीटाेल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । मैनाली निर्माण व्यवसायी हुन् । उनी निर्माण व्यवसायी संघ मकवानपुरका निर्वाचित सदस्य समेत रहेका छन् ।

