सुरेश वैद्य
न भुले उन्लाई न हट्यो मनबाट तस्बिर नै ।
न सपार्न सके मैले आफ्नो बिग्रेको तक्दिर नै।
दिन प्रतिदिन झाङिदै गयो जीवन कहानि मेरो
न तोडन नै सके कहिल्यै सामाजिक जन्जिर नै।।
माया मोहको जालो मा पो फसेको म हुँ मान्छे
सन्सारिक जन्जाल तोडेर न हुन सके फकिर नै।।
भगवान पनि अचेल धनि कै पछि लाग्दो रै’छ
आफुपरे मन को धनि बनिएन धनको अमिर नै।।
पाइला जहाँ टेके पनि धरति नै हुन्छ भासे जस्तो
भेटिएन समथल ठाँउ देख्छु केवल भिरै भिर नै।
काठमाडाैं

