कोपा इटालियाको उपाधि युभेन्टसले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै कोपा इटालियाको उपाधि जितेको हो ।
युभेन्टस कोपा इटालियाको उपाधि धेरै पटक जित्ने टिम हो । अहिलेसम्म युभेन्टसले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै रोमाले ९ पटक र इन्टर मिलान तथा लाजियोले ७-७ पटक यो उपाधि जितेका छन् । त्यसै फाइनलमा पराजित एटलान्टाले भने यस अघि केवल एक पटक मात्र यो उपाधि जितेको छ ।
युभेन्टसको जितमा डेजान कुलुसेभ्सकी र फेडरिको चिएसाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि रुस्लान मलिनोभ्सकीले एक गोल गरेका थिए । खेलमा एटलान्टाका राफेल टोलोईले खेलको ८८औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो । योसँगै युभेन्टसले यस सिजनमा सिरी ए र च्याम्पियन्स लिग गुमाएपनि कोपा इटालियाको उपाधि जितेको छ । एजेन्सीकाे सहयाेगमा

