१.
रहर लाग्दो सुन्दर बस्तीलाई जलाएर हिड्नेको
आफूले टेकेको धर्ती आफै गलाएर हिड्नेको
पश्चातापको गहिराईमा नराम्रोसँग डुब्ने छ जीवन
समाजमा भ्रम छर्दै अफवाह चलाएर हिड्नेको।
२.
दुख्दा मुटु आँखाबाट, बर्बर आँशु झर्ने रहेछ
कोमल हृदय पनि,दुखेपछि कठोर भई मर्ने रहेछ
पैताला नभिजाई समुन्द्र पार गर्न सकिएला बरु
परेली नभिजाई जिन्दगी, पार गर्न गाह्रै पर्ने रहेछ।
३.
मपाईत्व देखाउँछ मान्छे ,हदै सम्म गिर्दो रहेछ
स्वार्थ पुरा गर्नैका खातिर ,मुसो बनि छिर्दो रहेछ
अफसोच स्वार्थ पुरा भएपछि हात्ति बन्छ उहीँ,
के को देखोस गुन बरै, आफैँलाई पिर्दो रहेछ ।
४.
सोच्ने गर्छु सकेसम्म मौन रहन्छु , बोल्नै पर्ने किन होला
लुकाउ भन्छु सबै पिडा आफैभित्र,खोल्नै पर्ने किन होला
सोच्ने गर्थे सधै जिन्दगीको बाटो सहज बनाएर जिउने छु
दिग्दार लाग्ने गरी नानाभाँती, मोल्नु पर्ने किन होला !
पाल्पा हाल पोर्चुगल

