प्रसुन घिमिरे
१.मलाई भेट्न अब आकाशे पुल लिएर आउ
बास्ना बिहिन नक्कली फुल लिएर आउ
पिर नगर एक छाप त ठोकेर पठाई हाल्छु
जनता झुक्याउने नौलो बिगुल लिएर आउ ।
२.धमिरोको मेहनतले दरबार तयार गर्छ
कमेरोको सहमतले त्यसमा रङ्ग भर्छ
तिमी कमेरो म धमिरो मिल्न सक्यौं भने
भमरो नि त्यो देखेर त्यसै दङ्ग पर्छ ।
३.जीवन बुझ्न कहीँ कतै दर्द हुनुपर्छ
कठिनाइ सँग लड्ने मर्द हुनुपर्छ
समस्या कति खात लागेर आउँछन्
समस्यालाई चिर्ने तिमी कर्द हुनुपर्छ ।
हेटौंडा -१८, हर्नामाडी मकवानपुर

