एसके निधन
तिनीहरुले चित्त दुख्यो भन्थे
उनीहरुले चित्त दुख्यो भन्थे
उसले चित्त दुख्यो भन्थ्यो
त्यसले चित्त दुख्यो भन्थ्यो
म भन्थे,
तिम्रो चित्त कहाँ छ ?
तिम्रो चित्त कति ग्रामको छ ?
तिमिले देखेका छौ तिम्रो चित्त ?
तिमिले छोएका छौ तिम्रो चित्त ?
मित्र!
तिमीले नदेखेको
तिमिले नछोएको तिम्रो चित्त
कसैले घोचेर दुखाउनु ?
भ्रमबाट मुक्त होउ:
चित्त हुने र दुख्ने चिज नै होईन ।
बग्दै गरेको आँसु पुछेर
उनिहरु हास्थे
तिनीहरु हास्थे
उ हास्थ्यो
त्यो हास्थ्यो
र
एउटा भ्रममा बाच्थे:
दुखको मलम म नै हु।
एकदिन
जब मैले नदेखेको /नछोएको
मेरो आफ्नै चित्त दुख्यो
तब थाह भो,
चित्त कति भयानक ठुलो हुदोरहेछ
चित्त कति बिघ्न गह्रुङो हुदोरहेछ
चित्त दुखाईको गहिराई कति गहिरो हुदोरहेछ
हजार सियोले मुटु घोच्नुमा
के दुखाइ छ र ?
जति चित्त दुखाईमा छ।
आज ,
पश्चाताप लागिरहेछ
उनिहरु सङ्ग
तिनीहरु सङ्ग
उ सङ्ग
त्यो सङ्ग
जसलाई मैले
चित्तको ठेगाना सोधे
चित्तको तौल सोधे
चित्तको आकार सोधे
जब आफ्नै चित्त दुख्यो बल्ल बुझे
चित्त सर्वाधिक कोमल हुदोरहेछ
चित्त सर्वब्यापी हुदोरहेछ
चित्त अदृश्यमा छर्लङ्ग देखिदोरहेछ
चित्तको तौल नहुने होईन जोख्ने तराजु रहेनछ।
आज लागिरहेछ
चित्त दुख्नु जस्तो पीडा अर्को हुनै सक्दैन ।
हेटाैडा

